काठमाडौ । दुई सातादेखि अस्पतालमा उपचाररत अभिनेता रामचन्द्र अधिकारीलाई शनिबार डिस्चार्ज गरिने भएको छ ।
निमोनिया भएपछि उनी चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत छन् ।
उपचाररत अभिनेता अधिकारीको निधन भएको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएपछि कलाकार संघ र स्वयं अधिकारीले यसप्रति खेद जनाएका छन् ।
