• Friday 9th of October 2026

जापानमा शानशान आँधीका कारण ६ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं : जापानमा शानशान आँधीको प्रकोप देखिएको छ । धेरै रेल र हवाई उडानहरू रद्द गरिएका छन्। यो विगत दशकहरूमा सबैभन्दा शक्तिशाली आँधी हो, जसले आफ्नो बाटोमा आउने शहरहरूमा विनाश गरिरहेको छ।

जापानको दक्षिणपश्चिमी क्षेत्रमा आएको शानशान आँधीका कारण ६ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । हजारौं जनता बिजुलीविहीन जीवन बिताइरहेका छन् । बिहीबार दक्षिणी टापु क्युसुमा २५२ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आएपछि सरकारले मानिसहरूलाई सतर्क रहन निर्देशन दिएको थियो ।

अहिले आँधी कमजोर भएको छ । तर, अझै पनि ९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । अहिले उत्तर–पूर्वतर्फ सर्दै आगामी २४ घण्टामा ३ सय मिलिमिटर वर्षाको सम्भावना रहेको छ । आँधी प्रभावित क्षेत्रमा पहिरो, बाढी र ठूलो क्षतिको चेतावनी दिइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖