• Sunday 4th of October 2026

दुबईले समुद्रमा माथी तैरिने मस्जिद बनाउने, प्रार्थना हल पानी मुनी हुने


  • धनकुटा खबर
  • .

एजेन्सी । विश्वकै अग्लो भवन बुर्ज खलिफा, ७ तारे होटल बुर्ज अल अरब आदि अद्भुत संरचना बनाएर विश्वमै नयाँ कीर्तिमानी बनाएको यूएईले फेरि भाैतिक संरचना निर्माणमा अर्को कीर्तिमान जोड्न खोजिरहेको छ।

यूएईका ७ राज्य (इमिरात)मध्ये एक दुबईले विश्वमै पहिलो पानीमुनि मस्जिद बनाउने घोषणा गरेको गल्फ न्युजले जनाएको छ। समुद्रमा बनाउन लागिएकाे यो संरचना निर्माणमा ५ करोड ५० लाख यूएई दिर्हाम खर्च हुने अनुमान गरिएको छ। दुबईको इस्लामिक मामिला र परोपकारी गतिविधि विभागले यसलाई महत्वाकांक्षी परियोजना भएको बताएको छ। यसले धार्मिक पर्यटनमा वृद्धि गर्ने विश्वास लिएको छ।

सन् २०२४ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको यो मस्जिद तीन तलाको हुनेछ। प्रत्येक तलाको अद्वितीय महत्त्व हुने बताइएको छ। पहिलो तल्ला पानिमुनि हुनेछ। ५० देखि ७० जना मानिस अटाउने त्यही तला प्रार्थनाको लागि छुट्याइने छ।

यस्तै, अर्को तलामा विश्वभरिका कुरानका फरक फरक प्रतिलिपिलाई प्रदर्शनीमा राखिने छ।

यस धार्मिक पर्यटकीय परियोजनाको लक्ष्य भनेको दुबईलाई विश्वव्यापी धार्मिक पर्यटकीय क्षेत्र बनाउनु रहेको छ। सन् २०२५ सम्म दुबईलाई विश्वमै सबैभन्दा धेरै पर्यटकले भ्रमण गर्ने शहर बनाउने लक्ष्यमा यो परियोजनाले सहयोग पुग्ने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖