• Friday 9th of October 2026

बन्धकहरूको शव फेला परेपछि नेतान्याहुले भने, इजरायल चुप लागेर बस्दैन


  • धनकुटा खबर
  • .

काठमाडौँ । गाजा पट्टीमा बन्धक बनाएका ६ जनाको शव फेला परेको केही घण्टापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो इजरायलका लागि आराम गर्ने समय नभएको बताएका छन् ।

प्रधानमन्त्री नेतन्याहुले इजरायलले बन्धकहरूको मृत्युका लागि जिम्मेवार व्यक्तिलाई पक्राउ नगरेसम्म आराम नगर्ने बताएका छन् । हमासलाई सन्देश दिँदै प्रधानमन्त्रीले भनेका छन्, ‘जसले बन्धकहरूलाई मार्छ उसले सम्झौता चाहँदैन।’

यसअघि सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले पत्रकारहरुलाई भने, प्रारम्भिक अनुमान अनुसार बन्धकहरुको मृत्यु हाम्रो आगमनको केही समय अगाडि नै भएको थियो ।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस अवधिमा करिब १२०० मानिस मारिएका थिए र धेरैलाई हमास लडाकुहरूले बन्धक बनाएर गाजामा लगेका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हमासका वरिष्ठ नेता एज्जत अल-रसिकले युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको कारण यी मृत्युका लागि इजरायल जिम्मेवार भएको दाबी गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖