• Saturday 28th of November 2026

अवैध हतियार सहित भारतीय एसएसबीद्वारा एक नेपाली पक्राउ


  • धनकुटा खबर
  • .

रौतहट । रौतहटसँग सिमाना जोडिएको भारत बिहार घोडासहन थाना क्षेत्र अन्तर्गत जमुनियामा भारतीय सीमा सुरक्षा बल एसएसबीको गस्ती टोलीले एक जना नेपालीलाई अवैध हतियार सहित पक्राउ गरेको छ।

तस्करहरूको समूहले रौतहटबाट ठुलो परिमाणमा लागु औषध गाँजा ल्याइरहेको विशेष सूचनाको आधारमा एसएसबीको ७१ औं बटालियन जमुनिया क्याम्पबाट गएको टोलीले गएराति चेकजाँच गर्दा अवैध हतियार सहित नेपाली नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रौतहटको बौधिमाई नगरपालिका बंकुल गाउँका ३० वर्षीय सिकिन्दर यादव रहेको एसएसबी क्याम्प पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल कुमारले बताए ।

यादवले कम्मरमा लुकाई राखेको १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ थान गोली बरामद भएको कमान्डेन्ट कुमारले जानकारी दिए ।

पक्राउ परेका यादव समेतको तस्कर गिरोहले नेपालको बिभिन्न स्थान बाट लागु औषध गाँजा भारतीय क्षेत्रमा तस्करीको माध्यमले पुर्‍याउने गरेको एसएसबीको दाबी छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले पनि यादव अवैध हतियार सहित भारतीय क्षेत्रमा पक्राउ परेको पुष्टि गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖