• Wednesday 7th of October 2026

अध्यक्षको पदभार ग्रहण गर्दै दिनेश डीसीले भने– म जागिर खान आएको होइन


  • धनकुटा खबर
  • .

काठमाडौँ : निर्देशक तथा संचारकर्मी दिनेश डीसी (दिनेश राज दाहाल) ले चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गरेका छन्। बोर्डका नवनियुक्त अध्यक्ष डीसीले सोमबार चाबहिलस्थित बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।

बोर्डका कर्मचारीहरुले फूलमाला लगाएर डीसीको स्वागत गरेका छन्। पदभार ग्रहण गर्दै डीसीले फिल्म ज्ञान शास्त्रलाई निर्माण इजाजतपत्रमा हस्ताक्षर गरे।
त्यसक्रममा उनले आफू जागिर खान मात्रै नआएको भन्दैै काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे।

अध्यक्षका लागि ६ जनाको नाम छानिएकोमा सरकारले डीसीलाई नियुक्त गरेको हो। डीसी चलचित्र विकास बोर्डको १८ औँ अध्यक्ष हुन। करिब डेढ महिनादेखि बोर्ड अध्यक्षको पद खाली थियो। डीसी सत्तारुढ एमाले निकट भातृ संगठनमा आवद्ध छन्। उनी जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्ष समेत हुन्।

डिसीले सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट अभिनयमा डेब्यु गरेका थिए। उनले दाइको ससुराली, सावधान, मायाज बार, फूलैफूलको मौसम तिमीलाई, छ एकान छ जस्ता फिल्म निर्देशन गरिसकेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖