• Wednesday 7th of October 2026

चरी जेलैमा’ मा भन्दा छोटो समयमा करोड क्लबमा पुग्यो ‘आइनँ आमा यो तीजमा’


  • धनकुटा खबर
  • .

गायिका विष्णु माझीको गीत ‘आइनँ आमा यो तीजमा’ करोड क्लबमा प्रवेश गरेको छ।

रिलिजसँगै चर्चामा रहेको गीतलाई ९ दिनमा (सोमबार दिउँसोसम्म) युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको हो।

यो गीतले सार्वजनिक भएको २४ घण्टामा युट्युबमा सबभन्दा धेरै पटक हेरिने नेपाली गीतको रेकर्ड बनाएको छ। गीतलाई सो अवधिमा झण्डै १५ लाख पटक हेरिएको थियो।

यो गीत विष्णुको ‘चरी जेलैमा’ भन्दा छोटो समयमा करोड क्लबमा पुगेको हो। सो गीतले १३ दिनमा एक करोड भ्युज पाएको थियो।
‘आइनँ आमा यो तीजमा’ करोड क्लबमा पुग्दा यसलाई २ लाख ९१ हजार लाइक मिलेको छ। कमेन्ट बक्समा २४ हजार ६ सय बढी प्रतिक्रिया आएका छन्। यो करोड क्लबमा पुग्ने यसपालिको एकमात्र तीज गीत हो।

१७ मिनेट लामो गीत ‘पुलतीको भट्टी’ भाग २० का रूपमा स्रोता/दर्शकमाझ आएको हो।

यसमा विगतमा जस्तै विष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत छ। गीतलाई एरेन्ज भने आशिष अविरलले गरेका हुन्।
ललिता पौडेल फिचर्ड भिडिओलाई सुन्दरमणि स्वयंले निर्देशन, मौसम हिमालीले कोरियोग्राफी गरेका हुन्। यसलाई शम्भु चालिसेले छायांकन, प्रविन भट्टले सम्पादन गरेका छन्।

रिलिजको २४ घण्टामा धेरै हेरिने गीतमा विष्णुले रेकर्ड बनाए पनि छिटो करोड क्लबमा पुग्ने गीतमा प्रकाश सपुतको रेकर्ड छ।

प्रकाशको ‘सकम्बरी’ लाई एक सातामा एक करोडभन्दा बढीपटक हेरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖