• Wednesday 7th of October 2026

आफ्नो फाइदाको लागि मलाई प्रयोग नगर्नुस् : नवनियुक्त अध्यक्ष डिसी


  • धनकुटा खबर
  • .

काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आफ्नो फाइदाको लागि आफूलाई कसैले प्रयोग नगर्न आग्रह गरेका छन् ।

सोमबार पदभार ग्रहण गर्दै डिसीले आफूसँग भएको अन्तर्राष्ट्रिय र राष्ट्रिय सम्बन्धलाई राम्रो कामको लागि प्रयोग गर्न सकेमा व्यक्तिगत र पेसागत हितका लागि उपयोगी हुने भन्दै व्यक्तिगत प्रयोगको सट्टा सबैले मिलेर राम्रो काम गरे उद्योग पूरै फाइदामै जाने बताएका हुन् ।

उनले भने, ‘मलाई युज नगर्नुस् , राम्रो गर्नुस् इन्डस्ट्री पूरै फाइदामा जान्छ, मसँग भएको अन्तर्राष्ट्रिय र राष्ट्रिय नेटवर्क र सम्बन्ध जुन छ ती सम्बन्धहरू यहाँहरूको गाडी चालकदेखि लिएर सदस्य सचिवज्यूसमेतले राम्रो कामको लागि प्रयोग गर्नुभयो भने व्यक्तिगत लगायत पेसागत हितका लागी पनि म उपयोगी हुन सक्छु, तर मलाई प्रयोग भएको महसुस भयो भने मेरो आमा शेर्पा हो भन्ने कुरा यहाँहरूलाई भन्न चाहन्छु ।’

साथै उनले आफू जागिर खानको लागि नभएर काम गर्न आएको उल्लेख गरे । उनले चलचित्र क्षेत्रलाई जिरोबाट सुरु गर्ने भन्दै अगाडि चिनेको दिनेश डिसीलाई सबैले भुल्नुपर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖