• Saturday 28th of November 2026

कैलालीका राजुसँग २१ आइफोन, धनगढी एयरपोर्ट छिर्दा पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी: कैलालीमा एक युवकसँग २१ वटा मोबाइल फोन फेला परेका छन्। प्रहरीले सो मोबाईलको मूल्य ८ लाख ४० हजार बताएको छ।

तिनै आइफोन (मोबाइल) सहित प्रहरीले धनगढी विमानस्थलबाट एक जनालाई पक्राउ पनि गरेको छ।

सोमबार बिहान ११ बजे धनगढी उपमहानगरपालिका–१३ स्थित विमानस्थलबाट अन्दाजी ८ लाख ४० हजार मुल्य पर्ने २१ वटा आइफोनसहित घोडाघोडी नगरपालिका–०१ सुख्खड बस्ने २७ वर्षीय राजु चौधरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कार्टुनमा प्याक गरी ल्याएका आइफोनसहित चौधरीलाई आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाउने तयारी भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖