• Saturday 28th of November 2026

एक्कासि ढलेर फोहोर व्यवस्थापन गर्ने एक पुरुषको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी । एक्कासि ढलेर कैलालीको धनगढी उपमहानगरपालिकामा फोहोर व्यवस्थापन केन्द्रमा काम गर्ने एक पुरुषको मृत्यु भएको छ ।

भजनी नगरपालिका ८ घर भई हाल धनगढी उप–महानगरपालिका १७ धुर्जन्नामा बस्दै आएका झलीराम चौधरीको हिजो (सोमबार) साँझ धनगढी उपमहानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र पटेलामा काम गर्दै आएका चौधरीको कोठाबाट काम गर्ने स्थान जाने क्रममा एक्कासि ढलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतकको श्रीमती आशा चौधरीले नै झलीरामको एक्कासि ढलेर मृत्यु भएको खबर दिएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖