• Sunday 4th of October 2026

भेटिएको ‘एलियन’ कंकाल वास्तविक भएको पुष्टी


  • धनकुटा खबर
  • .

काठमाडौं । गत हप्ता मेक्सिकन संसदमा देखाइएका कथित एलियनहरूको शवको प्रयोगशाला परीक्षण गरिएको छ। यसको रिपोर्टले ममी विभिन्न हड्डी जोडेर नबनाइएको खुलासा गरेको छ । यो सबै एउटै कंकाल हो। परीक्षणमा, एलियनको कंकालसँग छेडछाड वा हेरफेरको कुनै प्रमाण फेला परेन।

एलियनमा यो परीक्षण नौसेनाका फोरेन्सिक डाक्टर जोश बेनिटेजले गरेका थिए। मेक्सिकोको नौसेनामा रहेको स्वास्थ्य विज्ञान अनुसन्धान संस्थानका निर्देशकले भने- कंकालको परिक्षणले उनीहरु कुनै समय जिउँदो रहेको र ती मध्ये एकको शरीरमा अण्डा पनि रहेको देखाएको छ । मृत्युअघि ऊ गर्भवती भएको हुनसक्ने सम्भावना छ । उनले यी शवसँग मानिसको कुनै सरोकार नभएको पनि बताएका छन् ।

मेक्सिकोका पत्रकार र युफोलोजिस्ट जैमे मोसनले यी कंकालहरूको मानव विकाससँग कुनै सम्बन्ध नभएको दाबी गरेका थिए। मेक्सिकोको संसदमा पहिलो पटक एलियनको ममी प्रस्तुत गर्ने क्रममा मोसनले भनेका थिए- यी शवहरू पेरुको खानीबाट भेटिएका थिए, जुन करिब १ हजार वर्ष पुरानो हो। मोसानका अनुसार यो संसारको इतिहासमा अहिलेसम्म भएका सबैभन्दा महत्त्वपूर्ण खोजहरूमध्ये एक हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖