• Friday 9th of October 2026

रुसी आक्रमणमा युक्रेनमा ४१ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

किएभ । रुसले गरेको आक्रमणमा परेर युक्रेनी सहरमा ४१ जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको सहर पोल्टाभामा रुसले हानेको दुई वटा बालिस्टिक मिसाइल लागेको थियो ।

यस क्रममा कम्तीमा ४१ जना मारिएको र १८० जना घाइते भएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भनेका छन् । केहीलाई भग्नावशेषबाट तानेर बचाइएको पनि उनले बताए ।

मिसाइलले शैक्षिक संस्था र नजिकको अस्पतालमा लागेको बताइएको छ । यस आक्रमणमा शैक्षिक संस्थाको एउटा भवन पनि आंशिक रूपमा ध्वस्त भएको छ ।

उद्धारकर्मीहरूको समूहले करिब २५ जनाको उद्धार गरेको र यी मध्ये ११ जना भग्नावशेषमा पुरिएको बताइएको छ । अन्यको खोजी कार्य भइरहेको छ । पुष्टि नभएको रुसी स्रोतले भने पीडितहरू सेना भएको बताएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖