• Saturday 28th of November 2026

घरेलु कामदारका रुपमा राखिएका किशोरी बलात्कार आरोपमा एक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं। काठमाडौं-१४, कुलेश्वरमा घरेलु कामदारका रुपमा राखिएकी १७ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेको नाम खुलाइएको छैन । प्रहरी वृत्त, कालिमाटीका डीएसपी रुपक खड्काका अनुसार, घरेलुक कामदारको रुपमा राखिएका बालिकालाई उद्दार गरिएको छ भने ती व्यक्तिलाई प्रहरी कार्यालयमा ल्याएर सोधपुछ भइरहेको छ ।

‘अहिले बालिकालाई उद्दार गरिएको हो, उहाँबारे सोधपुछ भइरहेको छ’, खड्काले भने। प्रहरीका अनुसार, काठमाडौं महानगरपालिकाले राजधानीका विद्यालयहरुमा चलाएको बालश्रम विरुद्धको अभियानका क्रममा पीडित बालिकाले महानगरका कर्मचारीलाई हिंसा भइरहेको बारे बताएकी थिइन् ।

काठमाडौं महानगरका मेयर बालेन शाहको सचिवालयका सदस्य धिरज जोशीका अनुसार, त्यसक्रममा महानगरले प्रहरीसँग समन्वय गरेर बालिकालाई उद्दार गरेको हो ।

‘महानगरको अभियान अन्तरगढत जानकारी आएपछि बाल हेल्पलाइन, बालबालिका, खोजतलास तथा समन्वय केन्द्र १०४ र राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त अनुगमनका क्रममा उद्दार गरिएको हो’, जोशीले भने, ‘त्यसक्रममा निवासबाट ५४ वर्षीय पुरुषलाई पनि नियन्त्रणमा लिइएको हो ।’

प्रहरीका अनुसार, ती बालिका ६ वर्षदेखि उक्त घरमा घरेलु कामदारको रुपमा बस्दै आएकी थिइन् । उनलाई पढाइदिने सर्तमा काभ्रेको विकट गाउँबाट ल्याएको खुलेको अधिकृतहरुको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖