• Tuesday 6th of October 2026

दैनिक कति पटक कफी पिउने ?


  • धनकुटा खबर
  • .

तपाईँ कफीको सौखिन हुनुहुन्छ भने याद गर्नुहोस् एक दिनमा चार कपभन्दा बढी नपिउनुस् । बढी कफी पिउँदा निद्रा लाग्दैन । र, मानसिक तथा शारीरिक समस्या पनि बढाउन सक्छ । यसले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ ।

कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने ब्रिटेनको सरकारी स्वास्थ्य संस्थाले गरेको एक अध्ययनले देखाएको छ । अनुसन्धानमा संलग्न विशेषज्ञहरूका अनुसार कस्तो कफीमा कति कफिनको मात्रा हुन्छ त्यो थाहा हुँदैन ।

त्यसैले हामीले थाहा नै नपाई कति कफिन लिइरहेका छौँ त्यसको जानकारी पनि हुँदैन । यसरी थाहा नपाई हामीले आवश्यकताभन्दा बढी कफिन खाइरहेका हुन सक्छौँ ।

गर्भवती महिलाले दिनमा दुई कपभन्दा बढी कफी सेवन गर्नु राम्रो हुँदैन । सो संस्थाले गरेको अध्ययनअनुसार कफिनको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ । त्यसका साथै जन्मिएको नवजात शिशुको वजन पनि कम हुन्छ वा जन्मँदै शारीरिक तथा मानसिक विकलाङ्गता पनि हुन सक्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖