• Wednesday 7th of October 2026

दयाहाङ र मिरूना अभिनीत ‘नांगो गाउँ’ युट्युबमा सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाडौ । दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ‘नांगो गाउँ’ युट्युबमा सार्वजनिक गरिएको छ।

दिपेन्द्र लामाको लेखन एवं निर्देशन रहेको फिल्म गतवर्ष तिजको छेको पारेर हलमा रिलिज गरिएको थियो।

घरेलु बक्स अफिसमा सुखद् व्यापार गरेको फिल्मलाई एक वर्षपछि तिजकै अवसर पारेर शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो।

हिमाल कडरिया निर्माता रहेको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, बुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको पनि अभिनय छ।

फिल्ममा ग्रामीण भेगको राजनीतिक दाउपेचको कथालाई देखाइएको छ। दयाहाङले यसमा शिक्षकको भूमिका निर्वाह गरेका छन्।

फिल्म ‘नांगो गाउँ २’ को समेत निर्माण घोषणा भइसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖