• Saturday 28th of November 2026

युवकबीच कुटाकुट, ३ जना घाइते, एक फरार


  • धनकुटा खबर
  • .

धनगढी: कैलालीमा चार जना युवकबीच कुटाकुट हुँदा तीन जना घाइते भएका छन्।

गएराति साढे ११ बजेकोे समयमा जिल्ला घोडाघोडी नगरपालीका–४ को रामपुरमा कुटाकुट भएको हो। सोही ठाउँ बस्ने २२ वर्षीय गजेन्द्र साउदसहितका चार जनाबीच कुटाकुट भएको बताइएको छ।

कुटाकुटबाट साउँद, सोही ठाउँ बस्ने २४ वर्षीय मोहन रावल र गैडाखेडा बस्ने २३ वर्षीय कुबेर शाही घाइते भएका छन्। उनीहरुमध्ये रावलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

तीनै जनाको सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। कुटपिटमा संलग्न सोही ठाउँ बस्ने अमिर ठगुन्ना भने भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖