• Saturday 28th of November 2026

हाइस दुर्घटना, मदिरा सेवन गरेका चालक घाइते


  • धनकुटा खबर
  • .

कैलाली । कैलालीको लम्कीमा इलेक्ट्रोनिक हाइस दुर्घटना भएको छ । लम्कीचुहा नगरपालिका ३ ढुंगेबजार स्थित पुर्वपश्चिम राजमार्गमा आज (आइतबार) बिहान हाइस दुर्घटना भएको हो ।
बिज्ञापन

प्रहरीका अनुसार दुर्घटनाग्रस्त सु.प.प्र. ००१ ज ९४१ नम्बरको इलेक्ट्रोनिक हाईस सडकबाट बाँया तर्फको सडकको नालामा खसेको छ । दुर्घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उक्त हाइसका चालकले मधिरा सेवन गरेको जनाउनु भएको छ ।
चालक डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ का २४ वर्षीय शेर बहादुर साउँदलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖