• Wednesday 7th of October 2026

दीपिका र रणवीरलाई पुत्रीलाभ


  • धनकुटा खबर
  • .

काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह आमाबुबा बनेका छन् । अभिनेत्री दीपिकाले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् ।

दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बइमा छोरीलाई जन्म दिएको दैनिक भास्करले जनाएको छ । प्रसूति व्यथाको कारण दीपिकालाई शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । गएको फेब्रअरीमा दीपिका र रणवीर सिंहले आफूहरु बाबुआमा बन्न लागेको सार्वजनिक गरेका थिए । उनीहरूले ‘सेप्टेम्बर २०२४’ भनेर बच्चा जन्मने महिनाको रूपमा उल्लेख गरेका थिए । शुक्रबार दीपिका बाप्पाको दर्शन गर्न सिद्धिविनायक मन्दिर पुगेकी थिइन् ।

दीपिका र रणवीर सन् २०१३ मा ‘गोलियोंकी रसलीलाः रामलीला’ फिल्मको सेटबाट नजिकिएका थिए । उनीहरूले सन् २०१८ मा विवाह गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖