• Wednesday 7th of October 2026

दयाहाङ र मिरूना अभिनीत फिल्म युट्युब ट्रेन्डिङको शीर्षस्थानमा


  • धनकुटा खबर
  • .

शुक्रबार युट्युबमा सार्वजनिक फिल्म ‘नांगो गाउँ’ ट्रेन्डिङको शीर्षस्थानमा आएको छ।

रिलिज भएको छोटो समयमै ट्रेन्डिङ वानमा आएको फिल्मलाई आइतबार बिहानसम्म २६ लाख ५० हजारभन्दा बढी पटक हेरिएको छ। यो भ्युज उत्साहजनक हो।

दिपेन्द्र लामाको लेखन एवं निर्देशन रहेको यो फिल्ममा दयाहाङ राई र मिरूना मगर शीर्ष भूमिकामा छन्।

ग्रामीण परिवेशमा निर्माण गरिएको फिल्ममा राजनीतिक दाउपेचको कथालाई देखाइएको छ।

दयाहाङ र मिरूना यसमा श्रीमान–श्रीमतीको भूमिकामा छन्। दयाहाङले शिक्षकको भूमिका निर्वाह गरेका छन्।

युट्युबमा लामो समयपछि नेपाली फिल्म रिलिज गरिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖