• Wednesday 7th of October 2026

पपस्टार सेलेना गोमेज बनिन् कान्छी अर्बपति


  • धनकुटा खबर
  • .

काठमाडौं– पपस्टार तथा हलिउड ग्ल्यामर पर्सनालिटी सेलेना गोमेज कान्छी अर्बपति बनेकी छन्। ब्लुमबर्गको विवरणअनुसार सौन्दर्य प्रशाधन उत्पादन गर्ने ‘द रेयर ब्युटी’ कम्पनीको संस्थापक समेत रहेकी गोेमेजको अनुमानित सम्पत्ति १.३ बिलियन अमेरिकी डलर पुगेको छ ।

योसँगै उनी अमेरिकाको कान्छी अर्बपतिमध्ये एक बनेकी छिन्। उनको आम्दानी सो ब्राण्डमा आधारित छ जसलाई गोमेजले सन् २०१९ मा स्थापना गरेकी थिइन्। यसमा उनको कूल सम्पत्तिको ८० प्रतिशत हिस्सा छ।

अहिले उनी ३२ बर्षकी भइन्।

उनको कूल सम्पत्तिमा मानसिक स्वास्थ्यबारेको स्टार्टअप, संगीत एल्बम बिक्री, स्ट्रिमिङ सम्झौता, ब्राण्ड साझेदारी, कन्सर्टको टिकट र अभिनयबाट प्राप्त हुने पारिश्रमिक समावेश छ।

उनै सेलेना गोमेज १० बर्षअघि नेपालको गाउँ–गाउँमा घुमेकी थिइन्।

२२ बर्षको उमेर छँदा नेपालको दाङलगायतका जिल्लाका गाउँमा गोमेज युनिसेफको सद्भावना दूतका रुपमा आएकी थिइन्। उनलाई काठमाडौंमा कसैले पनि चिन्न नसक्दा एकै पटक गाउँमा प्रकट भएकी थिइन्।

युनिसेफले उनलाई नेपालमा दुर्व्यवहार र शोषणबाट पीडित भएर उद्दार गरिएका बालबालिकासित भेट गराएको थियो।

सेलेनाले चरम गरिबीमा कसरी बालबालिका बाँच्दा रहेछन् भनेर देखेकी थिइन्। आधारभूत मानवीय आवश्यकता र अधिकारका कुराबाट यहाँका बालबालिका कसरी वञ्चित छिन् भन्ने पनि उनले देखेको बताइन्।

भ्रमणको क्रममा उनी दाङको सतबरिया राप्ती माध्यमिक विद्यालय पुगेकी थिइन्। त्यहाँ उनी थारु नाचमा रमाइन्। त्यसपछि गंगापारसपुर गाउँको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गरिरहेका काम बारे जानकारी लिइन्। उनी हापुर गाउँ पनि पुगेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖