• Tuesday 6th of October 2026

के हो जुम्बा ? के के हुन यसका फाइदा ?


  • धनकुटा खबर
  • .

जुम्बा भनेको एक प्रकारको व्यायाम नै हो । तर, यो सङ्गीतसँगै गरिन्छ । जसको मद्दतले हाम्रो शरीरलाई स्वस्थ राख्न र शरीरको मोटोपना घटाउन सहयोग पुर्‍याउँछ ।

जुम्बा नृत्यका माध्यमबाट गरिने फिटनेस हो । यसमा शिरदेखि पैतालासम्मको अभ्यास हुन्छ । यसका ६–७ विधा हुन्छन् । तीन महिनासम्म जुम्बा डान्स गरेमा ६ देखि ८ केजीसम्म तौल घट्न सक्छ । दैनिक जुम्बा डान्स गर्नाले आनन्द र खुसी मिल्छ ।

जुम्बा गर्दा सङ्गीतको तालमा ११–१२ मिनेट नाच्ने गरिन्छ। यसो गर्दा शरीरका अङ्ग सक्रिय हुन्छन्। जुम्बा डान्स जुनसुकै उमेरकाले पनि गर्न सक्छन्। यद्यपि पछिल्लो समय जुम्बा डान्सप्रति महिला बढी आकर्षित भएका छन्।

त्यसमा पनि ३० वर्ष कटेका गृहिणी बढी छन्। विशेषगरी बेफुर्सदिका कारण योगा र व्यायामका लागि समय निकाल्न नसक्ने महिलाले जुम्बा डान्स क्लास जाने गरेका छन्।

जुम्बाका फाइदा

मुटुलाई स्वस्थ राख्न सकिन्छ।

उच्च रक्तचाप र मधुमेह रोकथाम हुन्छ।

मोटोपन घटाउँछ।

शारीरिक तन्दुरुस्ती हुन्छ। दैनिक जीवनमा आइपर्ने तनावबाट मुक्त भइन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖