• Friday 9th of October 2026

पाकिस्तानमा भेटियो विश्वकै चौथो ठूलो तेल तथा ग्यास भण्डार, आर्थिक कायापलट हुन सक्ने विश्वास


  • धनकुटा खबर
  • .

काठमाण्डौ । आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको भण्डार भेटिएको छ । समुन्द्रमा भेटिएको यो भण्डारण यति ठूलो छ कि यसले पाकिस्तानको कायापलट हुन सक्ने जनाइएको छ ।

पाकिस्तानी अधिकारीका अनुसार तेल र ग्यासको भण्डारको उपस्थिति पुष्टि गर्न पाकिस्तानको मित्र राष्ट्रसँगको सहकार्यमा ३ वर्षे सर्वेक्षण गरिएको थियो । त्यो मित्र राष्ट्रका बारेमा भने केही पनि जानकारी खुलाइएको छैन ।

भौगोलिक सर्वेक्षणले पाकिस्तानलाई तेल र ग्यास भण्डारको स्थान पहिचान गर्न सहयोग गरेको छ । र सम्बन्धित विभागहरूले पाकिस्तानी जलक्षेत्रमा पाइने स्रोतहरूको बारेमा सरकारलाई जानकारी गराएको छ।

यसलाई ‘ब्लु वाटर इकोनोमी’ भन्दै अधिकारीले बोलपत्र र अन्वेषणको प्रस्ताव अध्ययन भइरहेको र निकट भविष्यमै अन्वेषणको काम सुरु गर्न सकिने बताएका छन् ।

तर, तेल उत्खनन गरेर निकाल्ने काममा केही वर्ष लाग्ने बताइएको छ ।

‘ब्लु वाटर इकोनोमी’ ले तेल र ग्याँस मात्रै भन्दा पनि अन्य बहुमूल्य खनिजहरु समेत उत्खनन गर्न सकिने अधिकारीले दाबी गरेका छन् ।

पाकिस्तानी अधिकारीहरले पहलकदमी र छिट्टै काम भए यसले देशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । केही सर्वेक्षणले यो विश्वको चौथो ठूलो तेल र ग्यास भण्डार हुन सक्ने समेत बताएका छन् ।

हाल, भेनेजुएलामा विश्वको सबैभन्दा ठूला तेल भण्डारण भएको अनुमान गरिएको छ । जहाँ ३.४ अर्ब ब्यारेल तेलको भण्डारण रहेको अनुमान लगाइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖