• Wednesday 7th of October 2026

अभिनेता जयाम रवि र आरतीले गरे सम्बन्ध विच्छेद


  • धनकुटा खबर
  • .

तमिल सिनेमाका चर्चित अभिनेता जयाम रवि र उनकी श्रीमती आरतीले सम्बन्ध विच्छेद गरेका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले १५ वर्षको वैबाहिक सम्बन्ध टुंगाएका हुन्। उनीहरूले सन् २००९ मा विवाह गरेका थिए। उनीहरूको दुई छोरा आरव र अयान छन्।

सोमबार जयाम रविले एक्समार्फत सम्बन्ध विच्छेदको जानकारी दिएका हुन्। ‘निकै सोच, विचार-विमर्श र चर्चापछि मैले आरतीसँग सम्बन्ध विच्छेद लिने कठिन निर्णय गरेको छु। यो हत्तारमा लिइएको निर्णय होइन, यो व्यक्तिगत कारणले लिइएको हो। यो निर्णय हामी दुई जनाकै हितमा छ।’

श्रीमतीसँग सम्बन्ध विच्छेद गरेपछि जयाम रवि आफ्नो फिल्मी करियरमा केन्द्रित हुनेछन्। उनले फिल्मको माध्यमबाट दर्शकको अनुहारमा मुस्कान ल्याउने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖