• Wednesday 7th of October 2026

म आफ्नै सन्तान जन्माउन सक्षम छैन :सेलेना गोमेज


  • धनकुटा खबर
  • .

काठमाडौं । चर्चित गायिका सेलेना गोमेजले आफू सन्तान जन्माउन सक्षम नरहेको खुलासा गरेकी छिन्।

भ्यानिटी फेयरसँगको अन्तर्वार्तामा ३२ वर्षीया गायिका र अभिनेत्री गोमेजले सुरक्षित गर्भाधारण गर्न नसक्नु आफ्ना लागि शोकको विषय भएको बताइन्।

‘मैले कहिल्यै यो कुरा भनेकी थिइनँ, तर दुर्भाग्यवश म आफ्नै सन्तान जन्माउन सक्दिनँ’ उनले भनिन्, ‘मसँग धेरै स्वास्थ्य समस्या छन् जसले मेरो र बच्चाको जीवनलाई खतरामा पार्न सक्छ। यो कुरा मैले केही समय शोक मनाउनुपरेको कुरा हो।’

गोमेजले यसअघि पनि आफ्नो ल्युपस रोगबारे खुलेर कुरा गरेकी थिइन् । जुन एक असाध्य स्वप्रतिरक्षा रोग हो । जसले शरीरको प्रतिरक्षा प्रणालीले सामान्य तन्तुहरूलाई आक्रमण गर्छ।

यसको लक्षणहरूलाई औषधिको प्रयोगद्वारा व्यवस्थापन गर्न सकिन्छ। २०१७ मा, उनले ल्युपससँग सम्बन्धित किड्नी प्रत्यारोपण गरेको खुलासा गरेकी थिइन्।

भ्यानिटी फेयरको अन्तर्वार्तामा, गोमेजले आफूलाई सन्तान जन्माउन इच्छा रहेको बताइन् र सरोगेसी (आयातित गर्भावस्था) विकल्पलाई विचार गरिरहेको बताइन् । हाल गोमेजको संगीत निर्माता बेनी ब्लान्कोसँग प्रेम सम्बन्ध रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖