• Saturday 28th of November 2026

मलेसियामा सडक दुर्घटनमा परी एक जना नेपाली श्रमिकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं- मलेसियामा सडक दुर्घटनमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५ खलडाँडाका ४२ वर्षय काशिराम महरकाे मृत्यु भएकाे हाे ।

रोजगारीको खोजीमा मलेसिया पुगेका महरको मंगलबार विहान कार्यस्थल जानेक्रममा गाडीले ठक्करबाट मृत्यु भएको बताइएकाे छ ।

उनको शव पोष्टमार्टमको लागि शव अस्पताल पुर्याएको छ । उनी ढेढ वर्ष अघि वैदेशिक रोजगारीमा पुगेका थिए । महरको घरमा श्रीमती र ३ छोरा छन् ।

मृतक महरको शव नेपाल ल्याउनको पहल भइरहेको वडाध्यक्ष रणबहादुर पुनले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖