• Wednesday 7th of October 2026

तीन वर्षपछि विष्णु माझीको स्वरमा दसैँ गीत आउँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ– गायिका विष्णु माझीको तीजको गीतको चर्चा सेलाउन नपाउँदै पुन अर्को गीत आउने भएको छ । गायिका विष्णु माझीको स्वरमा उनको दसैँ गीत आउने भएको छ ।

तीन वर्ष यता उनको स्वरमा दसैँ गीत आएको थिएन । तीन वर्ष पछि उनको दसैँ गीत गाउने भएको हाे ।

गीतको रेकर्डिङको काम सकेर भिडिओ काम भइरहेको जनाइएको छ । उनको दसैँ गीतमा माझीका श्रीमान् सुन्दरमणी अधिकारीको शब्द र संगीत रहने छ । गीतको भिडिओमा अधिकारी आफैँले निर्देशन गरिने जनाइएको छ ।

भिडिओ कार्य सकिएसँगै उनको दसैँ गीत सार्वजनिक हुने जनाइएको छ । उनको तीज गीतले हालसम्म एक करोड ६४ लाख ८४ हजारभन्दा बढी पटक हेरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖