• Wednesday 7th of October 2026

दुर्घटनापछि रश्मिकाको पहिलो पोस्ट, लेखिन् ‘जीवन छोटो छ’


  • धनकुटा खबर
  • .

काठमाडौँ– अभिनेत्री रश्मिका मन्डन्नाले साउथका साथै हिन्दी फिल्ममा पनि आफ्नो अभिनयको जादू देखाइरहेकी छिन् । तर केही समयदेखि उनी सामाजिक सञ्जालमा देखिएकी छैनन् । न त कुनै कार्यक्रम, न पापाराजीले उनलाई कतै देखेका छन् ।

उनी एयरपोर्टलगायत कुनै पनि कार्यक्रममा देखिएकी छैनन् । यसको कारण उनको पछिल्लाे समय भएकाे दुर्घटना हो । हालै अभिनेत्रीले आफ्नो स्वास्थ्यको अपडेट इन्स्टाग्राममा सेयर गरेकी छिन् ।

एनिमल र पुष्पा जस्ता फिल्ममा आफ्नो जादु देखाएकी रश्मिका मन्डन्ना अन्तिम पटक २६ अगस्टमा पोस्ट गरेकी थिइन्। यसपछि उनको इन्स्टाग्राम अकाउन्टमा एक विज्ञापन पोस्ट भयाे तर यसबाहेक उनी लाइमलाइटबाट पूर्ण रूपमा गायब थिइन् ।

अब रश्मिका मन्डन्नाले एक पोस्ट गर्दै फ्यानलाई आफू यति दिनसम्म कहाँ हराइरहेको कारण बताएकी छिन् । रश्मिकाले आफ्नो एउटा तस्बिर पोस्ट गरेकी छिन्, जसमा अभिनेत्री टाउको समातेर बसेकी छिन् । उनले गोल फ्रेमको चश्मा लगाएकी छन्, तर क्याप्सनमा उनले के लेखेकी छन् त्यो महत्त्वपूर्ण छ।

रश्मिका मन्डन्नाले थप भनिन्, ‘डाक्टरको सल्लाहमा म घरमै थिएँ । अहिले म पहिलेको भन्दा राम्रो छु र म सुपर सक्रिय हुने चरणमा छु, त्यसैले तपाईं सबैले सधैं आफ्नो हेरचाहलाई प्राथमिकता दिनुहोस् भन्ने कामना गर्छु। किनकि जीवन धेरै नाजुक र छोटो छ र हामीलाई भोलि हुन्छ कि हुँदैनाै भन्ने कसैलाई थाहा छैन, त्यसैले हरेक दिन खुशी रोज्नुहोस् ।

रश्मिका मन्डन्ना रणवीर कपूरसँग केही समय अघि ‘एनिमल’ मा देखिएकी थिइन्। अब उनी अल्लु अर्जुनसँग ‘पुष्पा २’ मा देखिनेछिन् । यसका अलावा उनी सलमान खानसँग ‘सिकन्दर’ र विक्की कौशलको ‘छावा’मा पनि देखिनेछिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖