• Monday 5th of October 2026

एसियन गेम्स खेल्ने क्रिकेट टोलीलाई क्यानले गर्‍यो बिदाई, सन्दीप आज नजाने


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली खेलकुदमा भाग लिन चीन जाने क्रिकेट खेलाडीहरूको बिदाई गरेको छ।

आइतबार बिहान काठमाडौंको एक होटलमा एक समारोहका बीच क्यानका नवनिर्वाचित अध्यक्ष चतुबहादुर चन्द, सचिव पारस खड्का लगायतका पदाधिकारीहरूले चीन जाने खेलाडीहरूलाई बिदाइ गरेका हुन्।
आज जाने टिममा सन्दीप लामिछाने भने छैनन्।

काठमाडौं जिल्ला अदालतले उनीविरूद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ आज राखेका कारण सन्दीप चीन नजाने भएका हुन्।

क्यानका सचिव पारस खड्काका अनुसार उनी भोलि जानेछन्।
त्यस्तै चोटका कारण ललित नारायण राजवंशीले पनि एसियन गेम्स गुमाएका छन्। उनको ठाउँमा सागर ढकाललाई पठाइने सचिव खड्काले जानकारी दिए।

नेपाली क्रिकेट टोली आज मध्याह्न साढे १२ बजे चाइना एअरलाइन्सको उडानमार्फत हाङ्झाव जानेछन्।-नवीनबाबु गुरूङ/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖