• Tuesday 6th of October 2026

कसरी हटाउने पसिना गन्हाउने समस्या ?


  • धनकुटा खबर
  • .

काठमाडौँ – गर्मी महिनामा शरीरबाट धेरै पसिना आएर हैरान नै हुन्छ । पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थिबाट बन्छ । जुन ग्रन्थिको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । पसिना आउनु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ ।

शरीरबाट पसिना निस्कनु शरीरका लागि आवश्यक छ । शरीरमा भएको विकार पसिनाकै रूपमा शरीरबाट बाहिर निस्कने हुनाले पसिनाले शरीरको तापक्रमलाई समेत सन्तुलनमा समेत राख्छ ।

यद्यपि, आवश्यकता भन्दा बढी पसिना आएर शरीर तथा पहिरन नै दुर्गन्धित हुन सक्छ । पसिनाको गन्ध अप्रिय हुन्छ । जसले वरिपरि बस्ने मानिसलाई समेत असहज बनाइरहेको हुन्छ । कोहीको कम गन्हाउँछ गन्ध आउँछ भने कोहीको अत्यन्तै नराम्रो गन्ध आउने गर्छ ।

कसरी हटाउने यो समस्या ?
दैनिक नुहाउने, नुहाउँदा एन्टिब्याक्टेरिया भएको साबुनको प्रयोग गर्नुपर्छ । प्रत्येक दिन फिट्किरीको लेप लगाउने । ब्याक्टेरिया फङ्गस नै छ भने एन्टिब्याक्टेरिया क्रिमको प्रयोग गर्नुपर्छ । यदि क्रिमले पनि काम गरेन भने एन्टी फङ्गस ट्याबलेट, एन्टिबायोटिक ट्याब्लेट खानुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖