• Saturday 28th of November 2026

दिदी भिनाजुले झगडा गरेपछि पाहुना आएकी सालीले गरिन् आत्महत्या


  • धनकुटा खबर
  • .

बिर्डतामोड–५ सुकुम्बासी टोलमा दिदी भिनाजुको कोठामा बस्दै आएकी एक महिलाले आज राति झुन्डिएर आत्महत्या गरेकी छन् ।

छवि विकको घरमा कोठा भाडामा बस्दै आएकी विमला दर्नालकी बहिनी २५ वर्षीया कोपिला दर्नाल लिम्बूले राति ८ः४५बजे झुन्डिएर आत्महत्या गरेकी हुन् ।

उनले कोठाको सिलिङमा रहेको फलामको रडमा कपडाको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनी विगत तीन महिनादेखि दिदी भिनाजुसँग बस्दै आएकी थिइन् । दिदी भिनाजुबीच झगडा परेपछि उनले झुन्डिएर आत्महत्या गरेको बताइएको छ । कोपिलाका श्रीमान कारागारमा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖