धनगढी । धनगढीकाे अपी शैपाल थकाली खाना घर एण्ड क्याफेमा लफडा भएको छ ।
ऐश्वर्या बहुमुखी क्याम्पसले आयाेजना गरेकाे भलिबल प्रतियाेगिताकाे विषयलाई लिएर शनिबार साँझ अपी शैपालमा अछाम र बझाङका खेलाडीबीच विवाद भएको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार दिउँसो भएको विवादकाे विषयलाई लिएर दुवै जिल्लाका खेलाडीबीच साँझ लफडा भएकाे हाे ।
अहिले प्रहरी टाेली त्यहाँ पुगेकाे छ । एएमसी कप भलिबल प्रतियाेगिताकाे फाइनलमा पुगेका बझाङकाे त्रिवेणी आर्दश बहुमुखी क्याम्पस र अछामको त्रिपुरा सुन्दरी क्याम्पसका खेलाडीबीच दिउँसो विवाद भएको थियोे ।
उक्त विवादपछि खेल प्रभावित भएको थियोे ।
साँझ त्यही बिषयमा घाेचपेच हुँदा थप विवाद भएकाे प्रहरीकाे भनाइ छ ।
