• Wednesday 7th of October 2026

म्यानचेस्टर सिटीको लगातार चौथो जित


  • धनकुटा खबर
  • .

काठमाडौँ । म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिगमा लगातार चौथो जित हासिल गरेको छ ।  गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्डले दुवै गोल गरेका थिए । उनले यस सिजनका चार खेलमा ९ गोल गरिसकेका छन् । 

त्यस्तै ब्रेन्टफोर्डका लागि योआने विसाले एक गोल गरेका थिए । खेलको पहिलो मिनेटमा नै गोल गरेर सिटीविरुद्ध अग्रता लिएको ब्रेन्टफोर्डले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो ।

यो जितपछि म्यानचेस्टर सिटीको ४ खेलमा १२ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । त्यस्तै ब्रेन्टफोर्डको भने ४ खेलमा ६ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖