• Wednesday 7th of October 2026

टोटनह्याममाथि आर्सनलको महत्वपूर्ण जित


  • धनकुटा खबर
  • .

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनह्याममाथि महत्वपूर्ण जित हात पारेको छ ।

आइतबार भएको खेलमा आर्सनलले गाब्रियलको गोलको मदतमा टोटनह्यामलाई १–० को जित निकालेको हो । टोटनह्यामको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो, तर दोस्रो हाफको ६४औं मिनेटमा साकाको पासमा गाब्रियलले हेड गोल गरेका हुन् ।

जितसँगै आर्सनल ४ खेलबाट १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । १२ अंक जोडेको म्यानेचष्टर सिटी शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖