• Friday 9th of October 2026

ट्रम्पको हत्या गर्ने दोस्रो प्रयास विफल


  • धनकुटा खबर
  • .

वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने अर्को प्रयास विफल भएको छ । आफ्नो फ्लोरिडा गोल्फ कोर्समा हत्या प्रयासपछि ट्रम्प सुरक्षित रहेका छन् ।

घटनामा एक ‘सम्भावित संदिग्ध’ हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। सिक्रेट सर्भिस एजेन्टहरूले झाडीबाट राइफलको ब्यारेल देखेपछि संदिग्धमाथि गोली हानेको अधिकारीहरूले जानकारी दिएका हुन् ।

एफबीआईका अनुसार ट्रम्प त्यतिबेला २७५ देखि ४५५ मिटर टाढा थिए। घटनास्थलमा एक एके४७ शैलीको बन्दुक र स्कोप, दुई ब्याकप्याक र गोप्रो क्यामेरा फेला परेको छ।

एजेन्टहरूले गोली हानेपछि प्रत्यक्षदर्शीले संदिग्धलाई झाडीबाट भागेको र कालो निसान कारमा हाम फालेको जानकारी दिएका थिए ।

यता आफ्ना समर्थकहरूलाई पठाएको इमेलमा ट्रम्पले आफू ‘सुरक्षित’ रहेको बताएका छन्। ‘कुनै पनि कुराले मलाई रोक्ने छैन,’ उनले लेखेका छन्, ‘म कहिल्यै आत्मसमर्पण गर्दिन!’

यो घटना पेन्सिलभेनियाको र्‍यालीमा एक बन्दुकधारीले ट्रम्पको हत्या गर्ने प्रयास गरेको झण्डै दुई महिनापछि भएको हो। त्यति बेला उनको कानमा मात्र चोट लागेको थियो ।-बीबीसी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖