• Tuesday 6th of October 2026

के यौन सम्पर्क गर्नाले हिपको आकार ठूलो हुन्छ ?


  • धनकुटा खबर
  • .

सामान्यतः महिलाको हिप ठूलो हुन्छ। यो प्रजनन स्वास्थ्यको लागि प्राकृतिक रूपमा नै आवश्यक हुन्छ। विशेषगरी चिटिक्क हिप मिलेका महिलाको सुन्दरताको चार्म नै बेग्लै हुन्छ।

हिप धेरै फुकेको तथा धेरै सुकेको अवस्थामा अमिल्दो देखिन्छ। हिपको आकार नमिल्दा महिलामा तनावको स्थितिसमेत उत्पन्न हुनु स्वाभाविकै हो।

सामान्यतः हिप ठूलो भएका महिलाको ज्यान नै मोटो भएको पाइन्छ। हिप नमिलेको तथा भद्दा भएको अवस्थामा त्यसले महिलाको सुन्दरतामा नै असर पुग्छ।

यी हुन् हिप मिलाउने व्यायाम

– यौन सम्पर्क गर्नाले हिपको आकार ठूलो हुन्छ । विवाहपछि हिप ठूलो हुने एउटा कारण यौन सम्पर्क हो । किनकी यौन जोडीसँग सन्तुलितरूपमा यौन सम्पर्क गर्नाले हिपको आकार मिलाउन सकिन्छ। विशेषगरी यौन सम्पर्क गर्नाले हिपको सानो आकार ठूलो हुन्छ।

– हिप हल्लाएर डान्स गर्दा पनि हिपको राम्रो व्यायाम हुन्छ। यो डान्स गर्दा हिपको मांसपेशी कसिलो हुन्छ, दैनिक १५ मिनेट यस्तो व्यायाम गर्नाले हिप ठूलो आकारमा ल्याउन मद्दत मिल्छ।

– पुतली आसनमा व्यायाम गर्दा नमिलेको हिप मिलेको आकारमा ल्याउन सकिन्छ। यस्तो व्यायामले जाङ र हिपको हाडजोर्नी लचिलो हुन्छ, खुल्छ। जसले हिपको मांसपेशी लचिलो भई हिप मिलाउनमा मदत गर्छ ।

– योगा तथा जिमको विभिन्न व्यायामका तरिका अपनाई हिपको आकार ठूलो बनाउन सकिन्छ।

– उभिएर व्यायाम गरि हिप मिलाउँदा सबैभन्दा पहिला सिधा उभिनुपर्छ। त्यसपछि एउटा खुट्टा घुँडाभन्दा तल आउने उचाइको टेबुलमा टेकिन्छ। टेबलमा टेकिएको खुट्टाको घुँडामा एउटा हात राखिन्छ। पन्जाले घुँडा थिचिन्छ। अर्को हात पछाडि लगेर हिपमा राखेर हिपलाई थिचिन्छ।

त्यसपछि टेबुलमा राखेको हातले घुँडामा थिचिरहेर टेबुलमाथि राखेको खुट्टा खुम्च्याउँदै अगाडि र पछाडि लगिन्छ। एकातर्फको खुट्टा अगाडि र पछाडि गरिसकेपछि अर्को खुट्टालाई पनि त्यसैगरी टेबलमा राखेर अगाडि र पछाडि गरिन्छ। यसरी दुवै खुट्टाको व्यायाम पाँच–पाँच मिनेट गर्नुपर्छ।

– हिप मिलेको आकारमा ल्याउनका लागि खानपान तथा पोषणको निकै ठूलो भूमिका हुन्छ। हिप मिलेको आकारमा ल्याउन तथा आकर्षक बनाउन हरियो सागपात, गेडागुडी, फलफूल, माछा मासुलगायत सन्तुलित खानपान गर्न आवश्यक हुन्छ।

– मुढामा बसेर विभिन्न प्रकारको व्यायाम गर्नाले हिप मिलेको साइजमा आउँछ। कुनै कुर्सी वा मुढामा बसेर दुवै खुट्टाले साइकल चलाएजस्तै गरी खुट्टा चाल्न सकिन्छ। यो व्यायामले हिपमा दबाब परी हिपको मांसपेशी कसिलो हुन्छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖