• Tuesday 6th of October 2026

टुसा उम्रिएको आलु खाँदा हुनसक्छ यस्तो बेफाइदा


  • धनकुटा खबर
  • .

आलु धेरै समयसम्म राख्दा त्यसबाट टुसा उम्रिन थाल्छ । हामी यिनै टुसा उम्रिएका आलुको पनि लामो समय राखेर सेवन गर्ने गर्छौ । तर डाइटिशियन के बताउँछन् भने टुसा उम्रिएको आलु स्वास्थ्यका लागि राम्रो होइन ।

टुसा उम्रनु भनेको यो तरकारी एक रासायनिक प्रतिक्रियाबाट गुज्रिरहेको छ भन्ने हो । यसकारण यस्तो आलु खानु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।

टुसा उम्रिँदा आलुमा पाइने कार्बोहाइड्रेट स्टार्च सुगरमा परिवर्तन हुन थाल्छ जसकारण आलु निकै नरम हुन्छन् । यो प्रक्रिया सोलानिन र अलफा–केकोनिन नामका दुई अल्कलाइडको सम्मिश्रणका कारण बन्ने गर्छ । सेलोनिनलाई विषाक्त मानिन्छ ।

यसैगरी अर्को बुझ्नुपर्ने विषय के छ भने हल्का हरियो रङको आलु पनि खानु हुँदैन । आलुको तरकारी बनाउनु अघि, हरियो भाग काटेर अलग गर्नुपर्छ । हरियो आलु खाँदा पनि फूड पोइजनिङ हुनसक्छ ।

आलु खन्ने बेलामा नै टुसा उम्रिएको छ भने टुसा हटाएर खान सकिन्छ । अध्ययनका अनुसार आलुको तरकारीमा धेरै पोषक तत्त्व हुन्छ । तर यदि आलु धेरै दिनसम्म राखिएको छ, चाउरी परेको छ भने सेवन नगर्नुहोस् ।

नेशनल क्यापिटल पोइजन सेन्टरको रिपोर्ट अनुसार टुसा उम्रेको आलु फ्याँक्दा नै राम्रो हुन्छ । धेरैजसो घरमा आलु एकै पटक किन्ने गरिन्छ । फलस्वरुप केही दिनपछि नै यसमा टुसा उम्रिन सुरु हुन्छ तर मानिसहरू यसलाई नजरअन्दाज गर्दै यो प्रयोग गर्ने गर्छन्।

आलु टुसा उम्रिन सुरु हुने बित्तिकै यसमा दुवै विषालु तत्त्वको मात्रा बढ्न थाल्छ । त्यसैले यस्ता आलुलाई कुनै पनि रूपमा खाँदा शरीरमा ती तत्त्व प्रवेश गर्ने गर्छन्।

यदि आलुको विषाक्त तत्त्व शरीरमा अत्यधिक मात्रामा पुग्न थाल्यो भने धेरै प्रकारका लक्षणहरू देखा पर्छन्। जस्तै बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने, कतिपयमा यसका लक्षणहरू हल्का हुन्छन् भने कतिपयमा यी लक्षणहरूले गम्भीर रूप लिन सक्छन । गम्भीर अवस्थामा, निम्न रक्तचाप, ज्वरो र टाउको दुखाइ जस्ता लक्षणहरू देखा पर्छन् ।

यसलाई समयमै रोकिएन भने मृत्यु पनि हुन सक्छ । त्यसैले सतर्क रहनुहोस्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖