• Wednesday 7th of October 2026

रहेनन् हिमेश रेशमियाका पिता चर्चित सङ्गीत निर्देशक विपिन रेशमिया


  • धनकुटा खबर
  • .

मुम्बइ – बलिउडका चर्चित सङ्गीत निर्देशक विपिन रेशमियाको निधन भएको छ ।

चर्चित सङ्गीतकार हिमेश रेशमियाका पिता विपिनको ८७ वर्षको उमेरमा मृत्यु भएको हो । बुढ्यौलीसँग सम्बन्धित समस्या र रोगसँग जुझिरहेका उनको मृत्यु सेप्टेम्बर १८ को साँझ ६ः३० बजे उनको मृत्यु भएको बताइएको छ ।

गएको केही समयदेखि उनलाई मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो ।

यद्यपि उनी अस्पतालमा कहिलेदेखि भर्ना भएर बसेका थिए भन्ने जानकारी आएको छैन ।

विपिनको अन्त्येष्टि सेप्टेम्बर १९ मा जुहूमा गरिने बताइएको छ । बिहीबार नै उनको पार्थिव शरीरलाई घर ल्याइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖