• Wednesday 7th of October 2026

बलिउड कलाकारका बडिगार्ड कति लिन्छन् पारिश्रमिक?


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता शाहरूख खान, सलमान खान, अमिताभ बच्चन, अक्षय कुमार, अनुष्का शर्मा र दीपिका पादुकोणले घर बाहिर निस्कँदा निकै सावधानी अपनाउनुपर्छ। कतिपय अवस्थामा उनीहरू आफ्नै फ्यानबाट पनि सुरक्षित हुँदैनन्।

उनीहरूले महँगो पारिश्रमिक दिएर अंगरक्षक (बडिगार्ड) राख्ने गरेका छन्। आज हामी सबैभन्दा धेरै पारिश्रमिक लिने सेलिब्रेटी बडिगार्डको चर्चा गछौं:-

शाहरूख खान
शाहरूख खानका बडिगार्ड रवि सिंह सबैभन्दा धेरै पारिश्रमिक लिने सेलिब्रेटी बडिगार्ड हुन्। रवि वार्षिक २.७ करोड भारू अर्थात प्रति महिना करिब १७ लाख भारू पारिश्रमिक लिन्छन्।

सलमान खान

बलिउडका चर्चित अभिनेता हुन् सलमान खान। उनका बडिगार्ड शेरा पनि उतिकै चर्चित छन्।

शेरा करिब २८ वर्षदेखि सलमानलाई सुरक्षा दिइरहेका छन्। शेरा वार्षिक २ करोड भारू अर्थात प्रति महिनाको १५ लाख भारू पारिश्रमिक लिन्छन्।

आमिर खान
आमिर खानलाई युवराज घोरपडेले सुरक्षा दिइरहेका हुुन्छन्। युवराज वार्षिक २ करोड भारू पारिश्रमिक लिन्छन्।

अमिताभ बच्चन
अमिताभ बच्चनका बडिगार्ड जितेन्द्र शिन्देले अगस्त २०२१ सम्म अमिताभका लागि काम गरे। जितेन्द्र वार्षिक १.५ करोड भारू पारिश्रमिक लिन्थे।

दीपिका पादुकोण
दीपिका पादुकोण सधैं आफ्नो व्यक्तिगत बडिगार्ड जलालसँग देखिन्छिन्। जलाल वार्षिक १.२ करोड पारिश्रमिक लिन्छन्।

अनुष्का शर्मा
अनुष्का शर्माका बडिगार्ड प्रकाश सिंह उर्फ सोनु अभिनेत्रीको मात्र होइन विराट कोहली र उनकी छोरी वामिकाको पनि सुरक्षा दिन्छन्। उनी वार्षिक १.२ करोड भारू पारिश्रमिक लिन्छन्।

अक्षय कुमार
अक्षय कुमारका बडिगार्ड श्रेयसे थाले सधैं अक्षयका साथमा हुन्छन्। श्रेयसे अक्षयसँगै उनका छोरा आरवलाई पनि सुरक्षा दिन्छन्। उनी वार्षिक १.२ करोड भारू पारिश्रमिक लिन्छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖