• Wednesday 7th of October 2026

७ वर्षपछि फिल्म खेल्न लागेका राजेश हमाल देखिए नयाँ लुक्समा


  • धनकुटा खबर
  • .

अभिनेता राजेश हमाल सात वर्षपछि फिल्ममा कमब्याक गर्दैछन्।
उनको शीर्ष भूमिका रहने फिल्म ‘नरसिंहा अवतार’ को छायांकन केही दिनमा सुरू हुँदैछ।

यो फिल्ममा राजेश नयाँ लुक्समा प्रस्तुत हुँदैछन्।
यतिबेला उनले पात्रको लुक्स बनाइरहेका छन्।
बिहीबार आयोजित एक कार्यक्रममा उनी नयाँ लुक्समा देखिए।
‘सम्पूर्ण गेटअप त तयार गर्नै बाँकी छ। तर यो अलिअलि दारी पालेको नरसिंहा फिल्मकै लागि हो। सो फिल्मको केही हिस्साको लागि हो,’ उनले भने।

लामो समयपछि फिल्ममा काम गर्न उत्साहित रहेको समेत बताए।
एक साताभित्रै फिल्मको छायांकन सुरू गर्ने तयारी रहेको उनले जानकारी दिए।

राजेशको कमब्याकलाई लिएर यति बेला चासोका साथ हेरिएको छ।
‘नरसिंहा अवतार’ दिवाकर भट्टराईले निर्देशन गर्दैछन्।

फिल्ममा सनिशा भट्टराई, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार लगायत कलाकारहरूको पनि अभिनय रहनेछ।
फिल्म एक्सनप्रधान बनाउने तयारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖