• Tuesday 6th of October 2026

एमालेबाट निर्वाचित वडाध्यक्ष बिरुद्ध पक्राउ पुर्जी जारी


  • धनकुटा खबर
  • .

ओखलढुंगाको सुनकोशी गाउँपालिका– १० का वडाध्यक्ष छविरमण धमलामाथि जबर्जस्ती करणीको आरोप लागेको छ। वडाध्यक्ष धमलाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै २५ वर्षीया युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा ५ असोजमा उजुरी दिएकी थिइन्।

उजुरीपछि वडाध्यक्ष धमलाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पीडित महिलाको उजुरीका आधारमा आज (आइतबार) ओखलढुंगा जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ गर्ने आदेश भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए।

अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनलाई गिरफ्तार गर्ने तयारी गरेको छ। तर, धमला भने मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन्। धमला नेकपा एमालेबाट गत स्थानीय निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖