• Saturday 28th of November 2026

उदयपुरमा आमाछोरा हत्या प्रकरण: हत्या आरोपी नै पोस्टमार्टम र दाहसंस्कारमा सहभागी


  • धनकुटा खबर
  • .

काठमाडौं – उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई सार्वजनिक गरेको छ।

वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र उनका छ वर्षीया छोरा आरुस थापाको हत्या गरेको आरोपमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापामगरलाई प्रहरीले सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार घटना भएको राति आरोपी मगर महिला सुतेको स्थानमा पुगेका थिए। त्यसपछि उनीहरूबीच विवाद भएको र रिसमा आरोपीले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ। आरोपीले घरबाट नै खुकुरी बोकेर गएको प्रहरीले जनाएको छ।

आपसी विवाद भएपछि पटकपटक खुकुरी प्रहार गरेको र सोही क्रममासँगै सुतिरहेका छोरा आरुस उठेर कराउन थालेपछि छोरालाई पनि खुकुरी प्रहार गरी हत्या गरेका अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार आरोपी भोलिपल्ट बिहान घटनास्थलमा पनि आएका थिए। कटारी अस्पतालमा शव परीक्षणका समयमा स्थानीयसँग आएको र दाहसंस्कारमा उपस्थित भएकाले तत्काल शङ्का गर्नुभन्दा आवश्यक प्रमाण पुराउन समय लागेको अनुसन्धानमा खटिएका डीएसपी चापागाईंको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖