• Tuesday 6th of October 2026

यस्ता छन् घिरौँलाका फाइदा


  • धनकुटा खबर
  • .

हाल प्राय सबैको कौसी, छत, रेलिङ, बारी, करेसाबारी तथा जताततै देखा पर्ने तरकारी हो घिरौँला।

छतबाट यसो सहर बजार नियाल्ने हो भने प्राय हरेक घरको माथि हरियाली देखिन्छ र सो हरियाली अरू केही नभई घिरौँलाको झाल हो।

जताततै फलेर हो या सस्तो भएर हो यसको लोकप्रियता जति हुनु पर्ने हो त्यति छैन। अझ भन्नु पर्दा त प्राय मानिसहरूले घिरौँला मन नपराउने गरेको पाइएको छ।

यस्ता छन् घिरौँलाका फाइदा

– शरीरमा रहेका विशाक्त वस्तुहरूलाई हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ।
– रगतका नलीहरु बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ।

– जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइदा गर्छ।

– चिल्लो पदार्थ तथा कोलेस्ट्रोल मात्रा न्यून हुने हुनाले यसले मोटोपना कमी गर्न पनि सहयोग गर्छ।

– पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन।

– यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ।

– यसमा रहेको बेटा क्यारोटिनले आँखाको दृष्टि बढाउन मद्दत गर्छ।

– यसको प्रयोगले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डीफोर जस्ता सङ्क्रमण हुनबाट बचाउँछ।

– यसको नियमित प्रयोगले पेटमा हुने अम्लीयपन तथा अल्सर हुनबाट बचाउँछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖