• Tuesday 6th of October 2026

बैंकबाट निकालेर घर लैजान लाग्दा लुटियो ६ लाख ३६ हजार रुपैयाँ


  • धनकुटा खबर
  • .

महोत्तरीमा बैंकबाट पैसा निकालेर घर फर्किन लागेको एक दम्पतीमाथि लुटपाट भएको छ।

गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र उनकी श्रीमती बैंकबाट पैसा झिकेर फर्किँदै गर्दा ६ लाख ३६ हजार रुपैयाँ अज्ञात व्यक्तिले लुटेको प्रहरीले जनाएको छ।

ओखलढुंगामा रहेका ज्वाइँले एनआइसी एसिया बैंकको गौशाला शाखामा महतोलाई रकम पठाएका थिए।

मोटरसाइकलमा सवार भएर आएक एक अज्ञात युवकले झुक्याएर रकम लुटेर फरार भएको महोत्तरीका प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए।

‘घर फर्किने क्रममा गौशाला बजारबाट थोरै पर गएपछि एकजना मान्छेले म बैंकको मान्छु हुँ एउटा सिग्नेचर छुटेछ, बैंक जानुपर्‍यो भनेर महतोलाई बाइकमा चढाएर बैंकनजिक पुर्‍याएछ,’ उनले भने, ‘तपाईंको श्रीमतीलाई लिएर पनि आउँछु भने त्यो मान्छे फर्कियो। पैसा श्रीमतीको झोलामा थियो। पछि झोला लिएर ऊ भागेछ।’

गिरीका अनुसार लुटेरा सवार मोटरसाइकलको नम्बर पहिचान भइसकेको छ।

पैसा लुटेर फरार भएका उनको खोजी भइरहेको गिरीले जानकारी दिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖