पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र सहकारी बचतकर्ता आमनेसामने भएका छन् ।
रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताले पोखरामा विरोध प्रदर्शन गरेपछि सहकारी पीडितहरू पनि आन्दोलनको लागि पुगेका हुन् ।
अहिले दुवै पक्षका प्रदर्शनकारी पोखरा सहिदचोकमा रास्वपा र सहकारी बचतकर्ता आमनेसामने भएका हुन् ।
