• Wednesday 7th of October 2026

पूर्णिमालाई सर्वोत्कृष्ट गायिकाको अवार्ड


  • धनकुटा खबर
  • .

काठमाडौँ । गायिका पूर्णिमा लामा ‘सर्वोत्कृष्ट गायिका अवार्ड २०२४’बाट सम्मानित भएकी छन् । ‘विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४’मा उनले ‘जीवनको यो आफ्नै नाटक’ बोलको गीतबाट आधुनिक तथा पप गायिका विधामा सर्वोत्कृष्ट गायिका अवार्ड प्राप्त गरेकी हुन् ।

कार्यक्रममा गीतसङ्गीत क्षेत्रका करिब एक दर्जन बढी गायक गायिकाले विभिन्न विधामा अवार्ड प्राप्त गरेका थिए । अवार्डले गायनमा लाग्न थप हौसला र प्रेरणा मिलेको गायिका लामा बताउँछिन् ।

करिब डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका लामाका ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ सहित करिब सात सय बढी गीत बजारमा आएका छन् ।

उनका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका गीतले मिलियन बढी भ्यूज पाएका छन् । सङ्गीत नै नजिकको साथी बताउने गायिका लामा भन्छिन्, ‘गीत संगीतको ज्ञान सदाबहार चाहिन्छ । बिनाअध्ययन र ज्ञान सङ्गीत अधुरो छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖