• Wednesday 7th of October 2026

जितु र नीति अभिनीत ‘ज्वाइँ साब’ को महत्वपूर्ण दृश्य टिकटकमा लिक!


  • धनकुटा खबर
  • .

असोज २४ गते अर्थात दसैंको फूलपातीमा रिलिज हुन लागेको फिल्म ‘ज्वाइँ साब’ को एक महत्वपूर्ण दृश्य टिकटकमा सार्वजनिक भएको छ।
त्रिभुवन विमानस्थलको सो दृश्य फिल्मको ‘क्लाइमेक्स दृश्य’ भएको अनुमान गरिएको छ। सुटिङका क्रममा दर्शकले यो भिडिओ खिचेर टिकटकमा सार्वजनिक गरेका हुन्।

यसअघि फिल्मको हास्यरसले भरिएको टिजर र एउटा गीत सार्वजनिक भएकोमा यो मर्मस्पर्शी लाग्ने भिडिओले दर्शकको ध्यान तानेको छ।
सार्वजनिक भिडिओमा फिल्मका प्रमुख कलाकार जितु नेपाल सेतो पहिरनमा हातमा बच्चा बोकेको अवस्थामा देखिएका छन्। उनले निलो ब्याग बोकेका छन्। हातमा पासपोर्ट पनि देखिएको छ।

उनको पछाडि फिल्मकी अभिनेत्री नीति शाह खादा र नेपालको झण्डा बोकेर भावुक मुद्रामा उभिएकी छन्। भिडिओमा नीति जितुलाई बिदाई गर्न पुगेको देख्न सकिन्छ। भिडिओमा फिल्मका निर्देशक वसन्त निरौला क्यामरा टिमसँग देखिएका छन्। दृश्य हेर्दा जितु वैदेशिक रोजगारीका लागि नेपाल छोड्न लागेको अनुमान गर्न सकिन्छ।

‘सुटिङकै समयमा टिकटकमा भिडिओ लिक भएको रहेछ। हामीले अहिले देखियो,’ निर्देशक निरौलाले भने। उनले यो दृश्यबारे थप खुलाउन चाहेनन्।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’ लगायतका कलाकारहरूको पनि अभिनय छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖