काठमाडौं। भोलि र पर्सि रात्रीकालीन बस नचल्ने भएको छ।
राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रीकालीन बस नचलाउन आग्रह गरेसँगै भोली र पर्सि रात्रीकालीन बस नचल्ने भएको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम भएका कारण रात्रीकालीन बस नचलाउन आग्रह गरिएको हो।
खासगरी वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बन चलाउने निर्णय भएको हो।
