• Sunday 29th of November 2026

सप्तकोशी नदीमा खसेको बसमा थिए १७ यात्रु, चालक पक्राउ


  • धनकुटा खबर
  • .

विराटनगर— कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको यात्रुवाहक बसमा सवार सबै १७ यात्रुको उद्धार गरिएको छ।

ब्यारेजको ३५ नम्बरको ढोकादेखि दक्षिणतर्फ रहेको पर्खाल भत्काएर नदीमा खसेको बा १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बसमा सवार सबै यात्रुको उद्धार भएको सप्तरीका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार, बसका चालक, सहचालक र यात्रुसहित १७ जना सवार थिए।

घाइते १७ जनामध्ये १२ जनाको कोसी हेल्थ केयर अस्पताल, सुनसरी, ४ जनाको भारदह अस्पतालमा उपचार भइरहेको उनले बताए।

चालक भने इलाका प्रहरी कार्यालय, भारदहको नियन्त्रणमा छन्। सिरहाको लहान नगरपालिका–८ बस्ने ३५ वर्षीय चन्दन कुमार मेहताले बस चलाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖