• Sunday 29th of November 2026

पहिरोले कार पुरियो, ४ जनाको उद्धा


  • धनकुटा खबर
  • .

काठमाडौँ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर–४ स्थित चिरौदीमा पहिरोले कार पुरेको छ ।

कारमा सवार चालकसहित चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले रातोपाटीलाई बताए ।

पृथ्वी राजमार्ग अन्तर्गत चिरौदिमा ग.२च ७८८५ नम्बरको कार सुख्खा पहिरो खसेर पुरिएको हो ।

कारमा सवार काठमाडौँका चन्द्रागिरि बस्दै आएका धर्म महर्जन, जयकृष्ण श्रेष्ठ र ५८ वर्षीय करण प्रकाश शाहीको बैरेनी अस्पतालमा उपचार हुँदै छ । कार चालको अवस्था सामान्य रहेको र उनी घटनास्थलमै रहेको इन्स्पेक्टर सिलवालले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖