• Saturday 28th of November 2026

भोटेकोसीले बगायो लार्चाको पुल, तातोपानी नाकासँग टुट्यो सम्पर्क


  • धनकुटा खबर
  • .

अरनिको राजमार्गअन्तर्गत लार्चाको पुल भोटेकोसी नदीले बगाएको छ।
शुक्रबारदेखि अविरल परेको पानीले भोटेकोसी नदीको बहाव बढेर लार्चाको पुल बगेको स्थानीयले बताएका छन्।

भोटेकोसी गाउँपालिमास्थित लार्चाको पुल बगेपछि तातोपानी नाकासँगको सम्पर्क टुटेको छ।

पुललाई शनिबार बिहान नदीले बगाएको हो। नदीको जल सतह निरन्तर बढ्दो क्रममा रहेकाले तातोपानी, बाह्रबिसे लगायतका बजार तटीय क्षेत्र जोखिममा परेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖